२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यही साउन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक गरिएको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ।

फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको ट्रेलरमा शीर्ष कलाकार गौरव पहारी र नम्रता सापकोटाबीचको प्रेम र उतार–चढावलाई देखाइएको छ।

राजु गिरी निर्देशित फिल्ममा गौरव र नम्रतासहित विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ। नारायण खाती फिल्मका प्रस्तुतकर्ता हुन्।

निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा समेत गरिसकेको छ।