सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार प्रतितोला १७ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।