सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्ष २०८१-८२ का लागि ल्याइएको मौद्रिक नीतिमा घरजग्गा व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले मौद्रिक नीतिले घरजग्गा व्यवसायमा सुधार आउने बताएका छन् भने कतिपयले यसले आफूहरूको माग सम्बोधन नभएको प्रतिक्रिया दिएका छन्।
विगत केही वर्षदेखि शिथिल घरजग्गा कारोबारमा आशातित सुधार हुन सकेको छैन। आर्थिक वर्ष २०८०-८१ को सुरूआतदेखि नै घरजग्गा कारोबार बढ्न नसकेपछि व्यवसायी मौद्रिक नीतिको पर्खाइमा रहेको उनीहरूको प्रतिक्रिया थियो।
विषम परिस्थितिमा पनि घरजग्गा व्यवसायलाई सम्बोधन नगर्नु व्यावहारिक नभएको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए।
शुक्रबार राष्ट्र बैंकले चालु वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त नीतिमा घरजग्गा व्यवसायको लागि नयाँ व्यवस्था गरिएको देखिँदैन।