२०८१ मंसिर ७ , शुक्रवार

गोल्डेन नेचर बोर्डिङ स्कुलमा अङ्ग्रेजी श्रुतीलेखन प्रतियोगिता सम्पन्न

Capture

सुनाखरी न्युज / काठमाडौं ।

उपरोक्त सम्बन्धमा पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आप्mनो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरूकाबिच अङ्ग्रेजी श्रुतीलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यार्थीहरूमा रहेको श्रुतीलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रतियोगीकारुपमा सहभागी २१२ विद्यार्थीमध्ये इश्नुशा सुबेदीले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने दर्पण अधिकारी र संस्कार पौलेलले द्वितीय स्थान, अग्रता कडेँल र इशिका नेपालीले तृतीय स्थान र सशा थापा र सुयाना न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षिकाहरू सीमा खत्री र शान्ती सुबेदीले गरेको थियो ।