२०८१ मंसिर ७ , शुक्रवार

सेयर बजार २७०० अंक नजिक पुग्यो

share

सुनाखरी न्युज / काठमाडौं ।

मंगलबार सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो ।सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ ।

२ : ४० बजे नेप्से २७०९ अंकसम्म पुगेको थियो । कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशत बढे । बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशत घटे ।