२०८१ मंसिर ७ , शुक्रवार

प्रतितोला तोला एक हजार आठ सय रूपैयाँ बढ्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज / काठमाडौं ।

नेपाली बजारमा आज बुधबार सुन–चाँदीको मूल्य बढेको छ।मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।