२०८१ आश्विन ५ , शनिवार

चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो

film-development-board-1

सुनाखरी न्युज / काठमाडौं ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ। गोरखापत्र दैनिकमा सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन पेस गर्न भनेको छ।

मन्त्रालयले बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि योग्यता पनि तोकेको छ। जसअनुसार दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ।

अध्यक्षमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको न्युनतम योग्यता तोकिएको छ ।