२०८१ मंसिर ११ , मंगलबार

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा संस्कृति र पहिचान झल्कने पहिरन लगाउन पाइने

fedral republic of nepal

सुनाखरी न्युज / काठमाडौं ।

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ । यसअघि सिन्दुर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।