२०८१ आश्विन ५ , शनिवार

माग्ने बुढाको छोराले ‘होस्टेल ३’बाट डेब्यु गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाको प्रदर्शन मिति घोषणा भएको छ । छायांकन सुरु नहुँदै निर्माताले फागुन १६ गते फिल्म आउने जनाएका हुन् । छायांकन भने भदौ २१ गतेदेखि गर्ने तयारी छ ।

फिल्मको शीर्ष भूमिकामा कन्टेन्ट क्रिएटर पारस बम ‘कुल ब्वाय’,गायक रिहान गिरी, पदम तामाङ र टिकटकर सिम्रन पन्त अनुबन्धित भैसकेका छन् ।हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिषले यो फिल्मबाट डेब्यु गर्ने पक्का भएको छ । आशिषले बाल्यकालमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।

‘होस्टेल ३’मा कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । कथानक फिल्म ‘बाइरोड’मा उनले अभिनय गरेकी छन् ।अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकार पनि डेब्यु गरेका थिए ।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ ।