सुनाखरी न्युज/ काठमाडौं ।
विश्वकर्मा समाज पर्वत स्याङ्जा कास्कीद्वारा भरखरै SEE उतिर्ण बिद्यार्थीलाइ अभिनन्दन का साथै सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारी सदस्यहरुलाई सम्मान कार्यक्रम अध्यक्ष चन्द्र किशोर गौतमको अध्यक्षता र पोखरा महानगर पालिकाका उप मेयर मन्जु देवी गुरुङको प्रमुख आतिथ्यतामा र बिशिस्ट ब्यक्तित्वहरुका उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि मन्जुदेवी गुरुङले समाज परिवर्तन र बिकासका लागि शिक्षा अति आवश्यक र अपरिहार्य छ।शैक्षिक क्षेत्रमा नव युवाहरुलाई सम्मन गरेर समाजले अनुकरणीय कार्य गरेकामा प्रशंसा गर्दछु।समाज,अभिभावक ,बिद्यार्थी र स्कुल मिलेर नै शिक्षा क्षेत्र राम्रो हुन्छ ।अझ अहिले त प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ।तपाईंहरु सीप र कलाका धनी शिल्पकारी भएको हुदा बेरोजगार रहनु पर्दैन।पोखरा राष्ट्रिय मात्रै होईन अन्तर्राष्ट्रिय क्षेत्रबाट पठनपाठन गर्न आउने वातावरण बनेमा यहाँको समग्र बिकास हुन्छ ।त्यसको लागि महानगरले वातावरण बनाउने छ।समाजका लागि आबश्यक तालिम लिई स्वरोजगार बन्ने लगायत आबश्यक सबै सहयोग गर्न महानगरको ढोका खुल्ला छ सम्मानित बिद्यार्थी र समाजसेवी समाज परिवर्तनका लागि लाग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा वडा नं १० का कावा अध्यक्ष पर्मेश्वर कार्की र १५ का अध्यक्ष तोरण बानियाँ समाजका हरेक क्षेत्रमा आवश्यक सहयोग गर्न वडा तयार रहेको बताउनु भयो ।समाजका सल्लाहकार गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रमुख श्रवण कुमार बिश्वकर्माले समाजले प्रोत्साहन स्वरुप सम्मान गरेको छ।अब सम्मानित हुने बिद्यार्थी हरुले समाज र राष्ट्रका लागि अध्ययनशिल भई असल नागरिक बनेर देखाउनु पर्ने छ।जब सम्म शिक्षित असल र अनुसासित बन्न सकिदैन समाज र राज्यले बिकास गर्न सक्दैन ।अब्बल बनेर देखाउने जिम्मेवारी तपाईं हरुको छ भन्नुभयो ।
कार्यक्रममा सुनचाँदी ब्यबसायी महासंघको चौथो अभिवेशनबाट सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको मा निर्मल दियाली,केन्द्रीय सदस्य हिम बहादुर बिश्वकर्मा स्याङ्जा ,सीता पंथी कास्की ,ठाकुर बि पौडेल पर्वत गण्डकी प्रदेश सचिव मन बहादुर लामगादे कास्की लाई प्रमुख अतिथि बाट दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको थियोे भने SEE उतिर्ण ४९ जान छात्राछात्रहरुलाई प्रशंसा पत्र र मायो चिनोले सम्मान गरियो ।सम्मानित ब्यक्तिहरुको तर्फबाट निर्मल दियालीले यो क्षेत्रमा रहेको बिश्वकर्मा समाजले शिक्षामा सम्मान र छात्रवृत्ति ,स्वास्थ्य मा सहयोगका साथै रक्तदान,भैपरि आउदा सधै अनुकरणीय कार्य र सामाजिक क्षेत्रमा योगदान दिएका ब्यक्ति हरुलाई सम्मान गरेर अझै अगाडि बढ्ने प्ररणा प्रदान गर्नुभएको मा सबैको तर्फबाट धन्यवाद आभार प्रकट गर्दछु भन्नुभयो ।कार्यक्रममा पृथ्वीनारायण बहुमुखी क्याम्पस का प्राध्यापक कृष्ण सुनार,बिश्वकर्मा समाज नेपाल का अध्यक्ष रन बहादुर बिश्वकर्मा,सुनचाँदी ब्यवसायी संघ कास्कीका उपाध्यक्ष एवम् पोखरा महानगर कार्यपालिका सदस्य दिपक घिमिरे ,बिश्वकर्मा कल्याण समाजका उपाध्यक्ष राजकुमार घिमिरे अल्कापुर टोलबिकास संस्थाका अध्यक्ष बेल बहादर बिश्वकर्मा लगायतले बोल्नु भएको थियोे ।
अध्यक्ष चन्द्र किशोर गौतमले छोटो समयमा समाजले शिक्षा, स्वास्थ्य,अन्याय अत्याचार दुख सुखमा जुटेर काम गर्ने अबसर मिलेको छ।आर्थिक नैतिक भौतिक सहयोग गर्ने समस्त आजीवन सदस्य साधारण सदस्य विभिन्न बिभागिय प्रमुख सबै सबैलाई धन्यवाद कृतज्ञता सहित आभार प्रकट गर्दछौं ।कार्यक्रम संचालन सचिव खडकबहादुर बिश्वकर्माले गर्नुभएको थियोे ।धन्यवाद ज्ञापन उपाध्यक्ष श्याम बहादुर रसाइली ले गर्नुभएको थियोे ।