२०८१ मंसिर १० , सोमवार

अधिकांस वाणिज्य बैंकहरुको नाफा बढ्यो, कुन बैंकको कति ?

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
गत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ६४ अर्ब बढी नाफा कमाएका छन् । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

गत आर्थिक वर्ष सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ। यस बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो ।

त्यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब नाफा कमाएको छ । यस्तै तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ लाख रुपैयाँ नाफा कमाएका छ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा १४९९.०४ प्रतिशत बढी हो। त्यस्तै, कुमारी बैंकको खुद नाफा समीक्षा अवधिमा ३४५.६७ प्रतिशत बढेको छ भने प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशत बढेको छ। एभरेष्ट बैंकले नाफा कमाएको छ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ। सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ ।