२०८१ आश्विन ३० , बुधवार

यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानको आकस्मिक अवतरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यसअघि आयरल्याण्डमा लोग्ने स्वास्नीको झगडाका कारण उडिरहेको हवाईजहाज डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको खबर सार्वजनिक भएको थियो ।

अहिले फेरि अर्को यस्तै घटना भएको छ अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ ।

सोही जहाजमा यात्रुको रुपमा रहेका एथन जुडलसन नामक एक व्यक्तिले आफ्नो टिकटकमा सो घटनाको बारेमा खुलासा गरेका छन् ।त्यसरी जहाज एक्कासी बीच बाटोमै अवतरण भएपछि उनी अचम्ममा परे । किनकि त्यहाँ जहाजमा वा यात्रुहरुमा कुनै समस्या परेको जस्तो आभाष हुँदैनथ्यो ।जसले गर्दा यात्रीहरू अक्क न बक्क परेका थिए ।पछि मात्र यात्रुहरुलाई जानकारी गराइयो कि उक्त आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा थियो ।

एकजना महिला यात्रुको टाउकोमा जुम्रा देखिएको थियो । त्यो रिपोर्ट चालक दलसम्म पुगेपछि त्यसलाई मेडिकल इमर्जेन्सी ठानेर जहाजको आकस्मिक अवतरण गरियो ।दुईजना युवतीहरुले एक महिलाको टाउकोमा जुम्रा हिंडिरहेको जानकारी विमानका कर्मचारीले गराएका थिए ,टिकटक भिडियोमा जुडेलसनले भनेका छन् । यो घटना गत जुन १५ को हो ।