२०८१ मंसिर ७ , शुक्रवार

सेयर बजार १०८ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेको छ।मंगलबार १४५.०५ अंकले बजार घटेको थियो। एकैदिन उच्च अंकले बजार घटेपछि ‘प्यानिक सेल’ आएको थियो। बुधबार भने नेप्से ४.०८ प्रतिशतले बढेर २७५९.६७ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनमा घटेको छ।मंगलबार हालसम्मकै उच्च २३ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको थियो। बुधबार १७ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५ अर्ब ७६ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३३० वटा धितोपत्रको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच भएको हो।