२०८१ मंसिर ७ , शुक्रवार

हैजा सङ्क्रमित सङ्ख्या ४७ पुग्यो, पाँच जिल्लामा फैलियो

haija

सुनाखरी न्युज/ काठमाडौं ।

देशभर ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देही पाँच जिल्लामा हैजा फैलिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।