सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार परिसूचकले २८६० को विन्दुमा प्रतिरोध परीक्षण गरेसँगै मंगलबार नेप्सेमा सामान्य करेक्सन आएको छ।कारोबार अवधिमा पटक–पटक उक्त विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन सकेन।
नेप्से अबको केही दिन २९६० देखि २९८० को आसपासमा रहन सक्छ। किनभने नेप्सेले यो विन्दुमा प्रतिरोध पाएको देखिन्छ।यसअघि नेप्से हालसम्मकै उचाइ ३१९८ मा पुगेको समयमा त्यहाबाट घटेर पुनः बढ्ने क्रममा २९६० देखि २९८० को आसपासमा प्रतिरोध पाएको थियो।यो प्रतिरोध पार गरेमा भने नेप्सेको लक्ष्य नै ३१९८ हुनेछ।यसदिन नेप्से ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा बन्द भएको छ।
यसदिन २१ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ।सोमबार २५ अर्ब ७७ करोडको सेयर कारोबार भएको थियो।सोमबारको तुलनामा मंगलबार कारोबार रकममा ४ अर्ब २६ करोड रूपैयाँ कमी आएको हो।
यसदिन ३३२ वटा धितोपत्रको पाँच करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच भएको हो।मंगलबार ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ।