२०८१ आश्विन ५ , शनिवार

अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी

sapna-choudhary_5d21a27f47556

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। मंगलबार दिल्लीको तीस हजारी अदालतले ठगी मुद्दामा सपनाको अनुपस्थितिका कारण वारेन्ट जारी गरिएको हो।सपना विरुद्ध दिल्लीको आर्थिक अपराध शाखाले आरोपपत्र दायर गरेको छ। यो घटना सन् २०२१ को हो जब पवन चावला नामका व्यक्तिले सपना विरुद्ध उजुरी दिएका थिए।

रिपोर्टअनुसार, चौधरी उपस्थित नभएको भन्दै मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) रश्मी गुप्ताले सपना चौधरीविरुद्ध गैर जमानती वारेन्ट जारी गरेकी हुन्।यद्यपि सपना विरुद्ध ठगीको मुद्दा दर्ता भएको यो पहिलो पटक होइन। यसअघि पनि सन् २०१८ मा उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो। पैसा लिए पनि कार्यक्रम गर्न नआएको आरोप लगाइएको थियो।रियालिटी टिभी शो ‘बिग बोस ११’ मा सहभागी भएर ३३ वर्षीया सपना चौधरीले सर्वाधिक चर्चा पाएकी हुन्। हरियाणाकी सपना पहिले स्टेज कार्यक्रममा डान्स गर्थिन्।

सपना अहिले भोजपुरी फिल्म र म्युजिक भिडियोमा देखिएकी छिन् । सपना यस वर्ष मेमा कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा पनि हिँडेकी थिइन्। हालै भोजपुरी सुपरस्टार खेसरीलाल यादवसँगको उनको गीत सार्वजनिक भएको छ।