२०८१ मंसिर १० , सोमवार

समाज डेन्टल हस्पीटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाण्डौ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि. बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सकिने बताएका छन्।

उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंक लि.का बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।