२०८१ आश्विन ५ , शनिवार

‘बुलाकी’ जाफ्ना फिल्म फेस्टिभलमा छनोट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबारदेखि नेपालका हलमा पुन: प्रदर्शन भएको सोसल–ड्रामा फिल्म ‘बुलाकी’ श्रीलंकाको जाफ्ना अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभल २०२४ मा छनोट भएको छ । फेस्टिभलको ‘उत्कृष्ट डेब्यु फिल्मको प्रतिस्पर्धा’ खण्डमा फिल्म छनोट भएको निर्माताद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

फेस्टिभलको यस वर्षको संस्करण सेप्टेम्बर २ देखि ८ सम्म आयोजना हुँदैछ । लक्ष्मण सुनार निर्देशित यो फिल्म अहिले नेपालका हलमा प्रदर्शन भइरहेको छ ।गत वर्षको फेस्टिभल संस्करणमा अर्को नेपाली फिल्म ‘द रेड सुट्केस’ले पुरस्कार जितेको थियो ।

चलचित्र विकास बोर्डले समेत पुरस्कृत गरेको यो फिल्म यसअघि देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समारोहमा पुरस्कृत भइसकेको छ ।पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।