२०८१ मंसिर ९ , आइतवार

एक्सप्रेस टी विद्युतिय ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोगंबुमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एक्सप्रेस टी विद्युतिय ट्याक्सीको गोगंबु स्थित नयाँ सर्भिस सेन्टर यहि भाद्र ५ गतेदेखी सञ्चालनमा आएको छ । सर्भिस सेन्टरको उद्घाटन कार्यक्रम प्यासेन्जर भेहिकल विजनेस युनिटका महाप्रबन्धक सावन्त जंग सिजापती, प्यासेन्जर भेहिकल कस्टमरका केयरका सहायक महाप्रबन्धक कुमार भण्डारी तथा एक्सप्रेस टी का प्रतिनिधिहरु रन्धिर चौधरी र प्रसन्न रगंनाथनको उपस्थितिमा सम्पन्न भएको हो ।

कम्पनीको सेवा सञ्जाल बिस्तार योजना अनुरुप ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी नयाँ सर्भिस सेन्टर थप गरिएको हो । एक्सप्रेस टी विद्युतिय ट्याक्सीको सर्भिसिङ्ग तथा चार्जिङ्ग सुविधाहरु सहितको यस सर्भिस सेन्टर मार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।

यस सर्भिस सेन्टर उद्घाटनको अवसरमा यहि भाद्र ५ गतेदेखी ७ गतेसम्म शुभारम्भ क्याम्प आयोजना गर्न लागेको छ । उक्त क्याम्प अन्गर्तत सर्भिसिङ्ग गर्दा लेवर चार्ज, गाडीको टप वास, सस्पेन्सन चेकअप, मल्टी प्वाइन्ट चेकअप, ब्रेक चेकअप, ब्याट्री र इलेक्ट्रकल चेकअप, कम्प्युटर डाइग्नोसिस र आँखाको चेकअप लगायतका सुविधाहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ।

यसका साथै स्पेयर पार्टस र ल्युब्रिकेन्टसमा १८५ छुट प्राप्त गर्न सकिनेछ ।‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालक हरुले मन पराएका छन् । नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस ले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो ।