२०८१ मंसिर १० , सोमवार

बालेनले मागे धरहरा व्यवस्थापनको जिम्मा, ठेकेदारले दिने पैसा महानगरले दिने

balen-and-prakashman-singh-final-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी धरहरा सञ्चालनको जिम्मा दिन माग गरेका छन् । सिंहसँग बुधबार दिउँसो मन्त्रालयमा  भेटेका बालेनले महानगरले नै धरहरा सञ्चालन गर्ने भन्दै ठेकेदारलाई त्यो काम नदिने अनुरोध गरेका हुन् ।

धरहरा सञ्चालनको कार्यविधि मन्त्रालयले बनाओस्, महानगर त्यही कार्यविधि अनुसार धरहरा सञ्चालन गर्न तयार रहेको कुरा मेयर बालेनले बताएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।

‘संघीय सरकारले धरहराको पार्किङ र सञ्चालनका लागि ठेक्का निजी कम्पनीलाई दिनुको साटो महानगरलाई नै दिनुपर्छ, बरु ठेक्काबाट आउने रकम बराबर महानगरले नै तिर्ने मेयर साबले सुनाउनुभयो,’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

 

संघीय सरकारले ठेकेदारलाई सञ्चालन र पार्किङका लागि दिँदा उठ्ने रकम महानगरले तिर्दा सरकारले प्रस्ताव गरेको मूल्यभन्दा सस्तो र व्यवस्थित ढंगले चलाउन सक्ने तर्क मेयर बालेनको छ ।

‘२०५५ सालमा नै महानगरपालिकालाई मन्त्रिपरिषद्ले ५० वर्षलाई धरहरा चलाउन दिएकोबारे पनि छलफल भयो,’ शाहले भने ।