२०८१ मंसिर ७ , शुक्रवार

१११ अंकले घट्यो नेप्से

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

नेप्से परिसूचक दुई दिनमा १९१.८४ अंकले घटेको छ। आइतबार र मंगलबार दुई दिनको कारोबारमा नेप्सेले यो अंक गुमाएको हो।मंगलबार नेप्से परिसूचक एकैदिन १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा आइपुगेको हो।अन्तिम विन्दुको आधारमा नेप्सेले उच्च विन्दु ३००१ बाट २३ प्रतिशत गुमाएको छ। पछिल्लो अन्तरदिनको उच्च विन्दु भने ३०४८ हो।

फिबोनाची रिट्रेशमेन्टको आधारमा २३ प्रतिशतमा हुने विन्दु, ३८ प्रतिशतमा हुने विन्दु, ५० प्रतिशतमा हुने विन्दु र ६१ प्रतिशतमा हुने विन्दुलाई हेरेर बजारले कहाँ, कहाँ टेवा पाएरबाट बढ्न सक्छ भनेर हेरिन्छ।नेप्सेले अहिले २३ प्रतिशत गुमाएकोले बजार यहाँबाट फर्किन सक्ने सम्भावना समेत छ।

यसअघिका बुलमा समेत बजारले नयाँ उचाइ कायम गर्नुअघि केही ठूला करेक्सन लिएर बढेको पाइन्छ। मंगलबार अन्तरदिनको कारोबारमा समेत नेप्से २७७१.६२ विन्दुबाट बढ्ने प्रयासमा देखिएर बजार बन्द भयो।यसदिन ३३० वटा धितोपत्रको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच भएको हो।