२०८१ आश्विन ५ , शनिवार

‘जेरी अन टप’ मा जोडिए साइग्रेस पोखरेल जोडिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चर्चित कथावाचक साइग्रेस पोखरेल फिल्म ‘जेरी अन टप’ मा जोडिएका छन्।अनमोल केसीको शीर्ष भूमिका रहने फिल्ममा क्रिएटिभ भूमिकाको लागि पोखरेललाई अनुबन्धित गरिएको हो।

पोखरेलसँग बिहीबार भएको लिखित सहमतिपछि निर्माता सरोज न्यौपानेले सहकार्यले थप उर्जा प्रदान गरेको बताए।पोखरेलले पनि फेसबुकमा अनमोलसँगको तस्बिर राख्दै फिल्ममा जोडिएको उल्लेख गरेका छन्। युरोपमा बसोबास गर्दै आएका पोखरेल यतिबेला काठमाडौंमा छन्।

केही दिनमै छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई सुयोग गुरूङले निर्देशन गर्दैछन्।फिल्ममा अनमोल सहित आँचल शर्मा र जसिता गुरूङको मुख्य भूमिका निर्वाह गर्दैछन्। फिल्मको प्रदर्शन भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गतेलाई तय गरिएको छ। अभिनेता अनमोल केसीले ‘फर्की फर्की’ पछि ‘जेरी अन टप’ मा काम गर्न लागेका हुन्। फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा खिचिने जनाइएको छ।लभस्टोरी जनरामा फिल्म बन्नेछ।