२०८१ मंसिर ९ , आइतवार

माछापुच्छ्रे बैक र बिगमार्ट बीच सम्झौता

mmm

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुच्छ्रे बैक र  Mega Mart Pvt Ltd (Big Mart Pvt. ltd)  बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । सम्झौता पश्चात देश भरि रहेका Big Mart का आउटलेटहरुबाट माछापुच्छ्रे बैकका ग्राहकह?ले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन् ।

यसै बीच बैंकले ग्राहकह?को सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बंैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस  बाट Big Mart   मा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ ।
माछापुच्छ्रे बैकले देशभर रहेका ३०० भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकह?लाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाह? लाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

माछापुच्छ्रे बैकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावह?लाई सेवा प्रदान गर्दै आइरहेको छ ।