२०८१ मंसिर ८ , शनिवार

ओलम्पिक इतिहासमा नेपालको पहिलो पदक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पेरिस पारा ओलम्पिकमा कांस्य विजेता पलेशा गोवर्धन । नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको यो ऐतिहासिक र पहिलो ठूलो पदक हो ।ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु धेरै टाढाको विषय थियो। त्यसमाथि पारा खेलाडीको हैसियतमा त झन् कठिनभन्दा कठिन। तर, ती सबै दायरा तोड्दै पलेशाले दोस्रो ओलम्पिक सहभागितामै देशलाई पदक दिलाएकी छन्।

उनले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा पदक जितेकी हुन्। पलेशाले सर्बियाकी मरिजा मिचेभविरुद्ध १५–८ स्कोरको नतिजा निकाल्दै कांस्य जितिन्।

अर्को कांस्य ब्राजिलकी कार्डोसो फर्नान्डेजले जितिन्। यिनै ब्राजिलीसँग क्वाटरफाइनलमा नहारेको भए पलेशा माथिल्लो पदकसम्म पुग्ने थिइन्। तर, संघर्षपूर्ण खेलमा उनी १०–८ स्कोरले पराजित भइन्। त्यसपछि पलेशा रिपिचेजबाट कांस्यमा पुगेकी हुन्।