२०८१ मंसिर ९ , आइतवार

जुम्लामा चट्याङ लागेर ५६ भेडा मरे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् ।तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

‘घटनाको पूरै विवरण आइसकेको छैन् । स्थानीयका अनुसार अहिलेसम्म ५६ भेडा मरेको जानकारी प्राप्त भएको छ,’ डिएसपी कामतीले भने, ‘प्रहरी टोली घटनास्थल गएको छ ।’प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ ।

।गत साउन १५ गते जुम्लाकै तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेको प्रहरीले जनाएको छ ।