२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘देवी’ को काठमाडौं प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

तीजको अवसर पारेर भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’ को काठमाडौंमा प्रिमियर गरिएको छ।बुधबार बेलुका आयोजित प्रिमियरमा ‘कास्ट एण्ड क्रु’ सहित फिल्मकर्मीको उपस्थिति रह्यो।

अभिनेता कार्म, गजित विष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर, निर्देशक सौरभ चौधरीलगायतले प्रिमियरमा पुगेर फिल्म हेरे।

फिल्मका मुख्य कलाकारहरू शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए। प्रिमियरबाट निस्किँदै गर्दा अधिकांशले फिल्म उत्कृष्ट बनेकाले ठूलो माससम्म पुग्न जरूरी रहेको प्रतिक्रिया दिए।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जिवनजंग खड्का र विकास पन्तको अभिनय छ।

रेमन गुरूङ र संजोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरूङ, नारायण गुरूङ र मिलन लामा हुन्।