२०८१ मंसिर १० , सोमवार

एआईजी ज्ञवालीलगायतले दायर गरेको रिटको पेसी न्यायाधीश मल्ल र चुडालको इजलासमा

Suprime Court

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीमा उमेर ‍हदसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतमा नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ।बिहीबार दुबै पक्षलाई बोलाएर अन्तरिम आदेश जारी/ गर्ने विषयमा छलफल हुन लागेको हो।

उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए।प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरूको अवकाश कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरेका थिए।

एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बाँस्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका हुन्।बिहीबारको सुनुवाइले अन्तरिम आदेश जारी हुने वा नहुनेबारे निर्णय लिने छ।