सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका सह कोषाध्यक्ष पध्मशुन्दर शाक्यका पिता पुण्यरत्न शाक्यको २०८१ भदौ १८ गतेका दिन ९१ बर्षको उमेरमा स्वर्गारोहण भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले अत्यन्तै मर्माहित र स्तब्ध भएको जनाएको छ ।
महासंघले भदौ २१ गते स्वर्गिय शाक्यको निवासमा शोक सभाको आयोजना गरी दुख प्रकट गरेको हो ।
त्यस क्रममा महासंघका अध्यक्ष अर्जुन रसाइलीले महासंघका सह कोषाध्यक्ष शाक्यका पिता पुण्यरत्न शाक्यको निधनले पुरानो र पाको अभिभावक गुमाउनु परेको उल्लेख गर्दै यस दुखद घडिमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदन ब्यक्त गर्नुभयो ।
त्यस क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मशुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति थियो ।