२०८१ आश्विन ५ , शनिवार

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पुत्रीलाभ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पहिलो सन्तान लाभ भएको छ । उनीहरुको घरमा छोरीको आगमन भएको छ । गणेश चतुर्थीको एक दिनपछि दीप-वीर जोडीले पुत्रीलाभ गरेको हो ।

व्यथाले च्यापेपछि दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । यसअघि ६ सेप्टेम्बरमा दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।

दीपिकाले फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन् ।