सुनाखरी न्युज/ काठमाडौं ।
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (QR Scan)गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा रु. ५०० को छुट प्राप्त गर्न सकिने बैंकले जनाएका छन्।छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध छ ।