सुनाखरी न्युज/ काठमाडौं ।
कुमारी बैंक लिमिटेड र धुलिखेल स्थित दुसित ठानी हिमालयन रिसोर्ट बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न बैंकको भनाइ छ।