२०८१ आश्विन ५ , शनिवार

मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले आज

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मिस युनिभर्स नेपालले आज (बुधबार) विजेता प्राप्त गर्दैछ । विश्व प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस युनिभर्समा नेपालको प्रतिनिधि छनोट गर्न बुधबार बेलुका ग्रान्ड फिनाले आयोजना गरिएको छ ।

ललितपुरस्थित गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा उपाधिका लागि २२ जना सुन्दरी भिड्दैछन् । आयोजकले बुधबार बिहान फिनालेका दुईजना होस्टको नाम समेत सार्वजनिक गरेको छ ।

विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग मिलेर फिनाले होस्ट गर्दैछन् ।पोर्टेल्स गत साता वर्तमान मिस युनिभर्स सेनिस पलासियोससहित नेपाल आएका थिए ।

प्रतियोगिताको विजेताले ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको ३८ लाख रुपैयाँ मूल्य बराबरको २४५ ग्राम तौलको, सुन र हीरा जडित ताज लगाउनेछिन् ।बेलुका ६ बजे फिनाले सुरु हुनुअघि रेडकार्पेट समारोह आयोजना गरिएको छ ।