२०८१ मंसिर ७ , शुक्रवार

युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् ।ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बै.कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएकोबताइएको छ।पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।