सुनाखरी न्युज/ काठमाडौं ।
युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने उद्देश्यले “फीनिक्स करिअर कनेक्शन २०८१” र “युनिभर्सल करिअर लिंक २०८१” नामक रोजगार मेला आयोजना गरिएको छ ।राजधानीको मैतीदेवीस्थित फीनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र जब्स डाइनामिक्स प्रा. लि. सँगको संयुक्त आयोजनामा शुक्रबार रोजगार मेला सम्पन्न भएको हो ।कार्यक्रममा पाँच दिनको करिअर ग्रुमिङ सत्रहरू समेत आयोजित गरिएको थियो ।
जसमा बायोडाटा लेखन, अन्तरवार्ता सामना गर्ने कौशल, रोजगार बजारको परिदृश्य बुझ्न र अन्य रोजगारसम्बन्धी सीप बृद्धि कार्यक्रमहरू समावेश रहेको रोजगार मेलाका संयोजक राजु टण्डनले जानकारी दिए ।मेलामा नेपालका ३० वटा कम्पनीहरू र भारतका चार वटा कम्पनीहरू सहभागी भएका थिए । यी कम्पनीहरूले निर्माण, प्रविधि, सेवा, व्यापार, कर्पोरेट घराना र ई–कमर्स जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दै कलेजका विद्यार्थीहरूलाई क्याम्पसमा रोजगारी र करियर अवसरहरू प्रदान गरेका थिए ।कार्यक्रममा करिब २५० विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने लगभग ५६० भन्दा बढी वास्तविक समयमा अन्तरवार्ता सम्पन्न गरिएको थियो ।
रोजगार मेला आयोजनाले उद्योग र शैक्षिक संस्थाबीचको समन्वयलाई सुदृढ पार्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजक पक्षको भनाई छ । मेलाले विद्यार्थीहरूलाई करियर, इन्टर्नशिप, र रोजगारीका अवसरहरू प्राप्त गर्न उत्कृष्ट अवसर प्रदान गरेको तथा यो कलेज र जब्स डाइनामिक्स प्रा. लि. द्वारा गरिएको एक महत्वपूर्ण पहल भएको रोजगार मेलाका संयोजक राजु टण्डनले बताए ।
फिनिक्स कलेज अफ म्यानेजमेन्टले बीबीए, बीएचएम, बीआइटी जस्ता स्नातक कार्यक्रम र एमबीए, एमसीएस जस्ता स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आएको छ । लिन्कन विश्वविद्यालय, मलेसिया सँगको आवद्धले कलेजलाई उच्च शैक्षिक मानक र विश्वव्यापी सन्दर्भमा मेल खाने पाठ्यक्रम प्रदान गर्न सक्षम छ ।
युनिभर्सल कलेजले व्यवसाय प्रशासन बीबीए, बीएचएम र बीसीए जस्ता स्नातक कार्यक्रमहरू प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयसँगको आवद्ध कलेजलाई मान्यता प्राप्त शैक्षिक मापदण्डहरूमा आधारित शिक्षा प्रदान गर्न मद्दत पु¥याउँदै आएको छ । यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यावसायिक र स्थानीय तथा अन्तराष्ट्रिय रोजगारीको लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न तयार गरिन्छ ।
दुबै कलेजले आफ्ना विशेष संलग्नता र कार्यक्रमहरूको आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राख्दछन्, जसले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।
जब्स डाइनामिक्स प्रा. लि. सन् २००७ मा स्थापित मानव संशाधन परामर्श कम्पनी हो । यस कम्पनीले रोजगारी, व्यवस्थापन परामर्श, तालिम र स्टाफ आउटसोर्सिङ सेवाहरू जस्ता विभिन्न क्षेत्रमा दुबै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा काम गर्दै आएको छ । यसले शैक्षिक र उद्योग आवश्यकताबीचको रोजगारका अवसरहरू सिर्जना गर्न योगदान पु-याउंदै आएको छ । जब्स डाइनामिक्सले मानव संशाधनको क्षेत्रमा उच्च गुणस्तरीय सेवा प्रदान गर्दै, व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।