२०८१ आश्विन ५ , शनिवार

HONOR ले दशैंको लागि अफरहरू ल्यायो : थाइल्यान्ड भ्रमण र थप अविश्वसनीय पुरस्कार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

HONOR नेपालले आफ्नो प्रतीक्षित दशैं अफर सुरु गरेको छ, जसमा ग्राहकहरूको लागि रोमाञ्चक पुरस्कार र अफरहरू समावेश छन्। यस वर्ष HONOR ले “HONOR किन्नुहोस्, THAILAND घुम्नुहोस्!” अभियान ल्याएको छ, जसमा कुनै पनि HONOR स्मार्टफोन किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमण र अन्य अविश्वसनीय पुरस्कार जित्ने मौका मौका रहेको कम्पनीले जनाएको छ ।

यस अभियानले दशैंको चाडमा उत्साह र खुसी थप्न उद्देश्य राखेको छ, जसले ग्राहकहरूलाई थप कारण दिएर यो पर्वलाई विशेष बनाउन मद्दत पुग्ने विश्वास कम्पनीको छ । यो अफर १७ सेप्टेम्बर २०२४ देखि ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै HONOR एक्सक्लुसिभ शपहरू र अधिकृत विक्रेताहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

हरेक HONOR स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन अवसर दिन्छ, जसमा ग्राहकहरूले जित्न सक्छन्:
• ग्रान्ड पुरस्कार: थाइल्यान्ड भ्रमण, Aprilia SR 125 स्कूटर र Honor Magic V2
• साप्ताहिक पुरस्कार: Marshall Speaker र HONOR 200
• दैनिक पुरस्कार: HONOR Choice Earbuds X5 र SCYKEI GT Watch

HONOR नेपालका राहुल राठीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी दशैंको यस पावन अवसरमा हाम्रो HONOR किन्नुहोस्, THAILAND घुम्नुहोस्! अभियान ल्याउन पाउँदा अत्यन्तै खुशी छौं। हाम्रो उद्देश्य ग्राहकहरूको दशैंलाई अझ विशेष र सम्झनलायक बनाउन उत्कृष्ट पुरस्कारहरू प्रदान गर्नु हो।”सहभागी हुनको लागि, ग्राहकहरूले कुनै पनि HONOR स्मार्टफोन किन्नुपर्छ र Khalti एपमार्फत Daami QR स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सकिन्छ। यो अभियान पर्वको भावना मनाउने उद्देश्यले ल्याइएको हो, जसमा दैनिक, साप्ताहिक र ग्रान्ड पुरस्कार जित्ने मौका छ!