सुनाखरी न्युज/ काठमाडौं ।
जीडब्ल्यूएम नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ। यसमा लक्जरी ७ सिटर SUV ट्यांक 500 र ५ सिटर SUV ट्यांक 300 समावेश छन्, जसमा HEV प्रविधि समावेश गरिएको छ। ट्यांक ब्रान्डले पहिलो पटक २९ अगस्ट २०२१ मा Chengdu Auto Show मा डेब्यु गरेको थियो र चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो।
ट्यांक ब्रान्ड जीडब्ल्यूएमको उच्च-स्तरीय अफ-रोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र SUV को नयाँ ट्रेन्ड सेट गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।ट्यांक 500 र ट्यांक 300 मोडलहरूलाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता प्रमुख बजारहरूमा प्रस्तुत गरिएको छ र यी मोडलहरूलाई प्रयोगकर्ताहरूबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ।
जीडब्ल्यूएमको नवाचार रणनीति अन्तर्गत ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको जनाए।जीडब्ल्यूएमले नयाँ, भरपर्दो, र उच्च-गुणस्तरका मोडलहरू प्रस्तुत गर्दै “अफ-रोडभन्दा बढी” अनुभव प्रदान गर्छ।
ट्यांक 300 र ट्यांक 500 नेपालमा २.०L टर्बो पेट्रोल HEV मोडलमा उपलब्ध छन्, जसमा ९-स्पीड स्वचालित ट्रान्समिसन छ र यी मोडलहरूले २५८KW पिक पावर र ६४८ nm टर्क प्रदान गर्ने कम्पनीले जनाए। ट्यांक 300 को मूल्य NPR १,८५,००,०००/- (एक करोड पचासी लाख) र ट्यांक 500 को मूल्य NPR २,२५,००,०००/- (दुई करोड पच्चीस लाख) छ।