२०८१ आश्विन ४ , शुक्रवार

धरहरा चढ्न सुन्धारामा सर्वसाधारण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले आज संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ।मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो।

सर्वसाधारणको लागि आजदेखि धरहरा चढ्न खुला गरिएपछि धरहरा चढ्न सुन्धारामा सर्वसाधारणको घुइचो लागेको छ ।२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ।

उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए।