२०८१ आश्विन ५ , शनिवार

नबिल बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशतसम्म छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नबिल बैंक लिमिटेडका ग्राहकले ¥याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र ¥याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र ¥याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार नबिल बैंकका ग्राहकले ¥याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने बैंकले जनाएको छ। यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने ¥याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । ¥याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ ।