२०८१ आश्विन ४ , शुक्रवार

सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ बढ्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।