२०८१ आश्विन ५ , शनिवार

दरबारमार्गमा नेशनल डे कन्सर्ट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो । नेशनल डे कन्सर्टमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्‍य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए ।

कन्सर्टमा एलिमेन्ट्स र कुटुम्ब ब्याण्डले आफ्ना हिट गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । सुगम पोखरेल, दीपक लिम्बु, सुवानी मोक्तान, कुन्ती मोक्तान, आनन्द कार्की लगायतले आफ्ना गीतमा दर्शक नचाए ।

गायक लिम्बुले ‘रातो र चन्द्र सूर्य जंगी निशान’ गाउँदा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायतले स्टेजबाट राष्ट्रिय झण्डासहित साथ दिएका थिए ।आतसबाजी समेत गरिएको थियो । कन्सर्टलाई पूर्वमिस नेपाल सुगरिका केसी र पडकास्टर संजय अग्रवालले होस्ट गरेका थिए ।