सुनाखरी न्युज/ काठमाडौं ।
जलवायु न्यायको माग गर्दै युवा–युवतीको समूहले ललितपुरको जावलाखेलमा र्याली निकालेको छ ।
पिपुल्स क्लाइमेट मार्च २०२४ नाम दिइएको यस र्यालीमा दर्जनौँ सहभागीले विभिन्न ब्यानर र प्ले कार्ड सहित नारा लगाउँदै र्याली निकालेका हुन् ।
उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औधोगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपुर्ती तिर्न पर्ने माग गरेका छन्।