२०८१ आश्विन ६ , आइतवार

नेपालपे इन्स्ट्याण्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फरको मज्जा लिन सकिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालीहरुको महान पर्व वडा दशंैलाई लक्षित तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने NEPALPAY Instantको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ ।

अब NEPALPAY Instantको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि NEPALPAY Instantमार्फत बिना शुल्क २६ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सकिने कम्पनीले जनाएका छन्।

NEPALPAY Instantएक proxyको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो जसमा लाभग्राहीकोVirtual Private Address (VPA)को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ । हाल NEPALPAY Instantको सुविधा connectIPSतथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरुमा उपलब्ध रहेको छ ।