२०८१ आश्विन ६ , आइतवार

नेपाल ‘पे क्यूआर’को शुभ लाभ अफर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालीहरुको महान पर्व वडा दशैं तथा तिहारको हर्षाेल्हास सँगै नेपाल ‘पे क्यूआर’मा शुभ लाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म (२१ सेप्टेम्बर देखि १५ अक्टोबर, २०२४) लागू हुनेछ ।सो अफर अन्तर्गत नेपाल ‘पे क्यूआर’स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले Sureshot Cashbackपाउनुका साथै जति धेरैQR कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सकिन्छ।

उक्त अफर अवधिभरि न्यूनतम रु २०० वा सो भन्दा बढिको न्यूनतम १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरुले रु २०० क्यासब्याक प्राप्त गर्नेछन् साथै लक्की ड्रका लागि पनि योग्य हुनेछन् । लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ्ग मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोनहरु रहेका छन् ।ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग, वालेटहरु तथा connectIPS एपबाट सजिलै नेपाल ‘पे क्यूआर’स्क्यान गरी भुक्तानी गर्न सकिने जनाएका छन्।

यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू नहुने बताए ।नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न,नेपाल ‘पे क्यूआर’ एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल ‘पे क्यूआर’ को नेटवर्कमा ६ लाख भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।