२०८१ आश्विन ६ , आइतवार

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यस वर्षको दशैंका टिका लागि उत्तम साइत जु्राइएको छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

असोज १८ गते झण्डा फेर्ने साइत छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ ।असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ । फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ ।

स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा छ । असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल पनि ह्वात्तै बढ्ने गर्दछ ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ ।