२०८१ आश्विन ६ , आइतवार

अल जजिराको कार्यालयमा हतियारसहित इजरायली सेनाको छापा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समाचार संस्था अल जजिराको कार्यालयभत्रै इसराइली सेना प्रवेश गरेको छ।आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इसराइली सेना प्रवेश गरेका हुन्।

अल जजिराले आफ्नो कार्यालयमा इसराइली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो।सेनाले कार्यालयमा प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको अलजजिराले जनाएको छ।

भिडिओमा इसराइली सेनाहरू हतियारसहित प्रवेश गरेको देखिन्छ। सेना प्रवेश गरेपछि ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरू बाहिर देखिन्छन्।सेनाले उनलाई तत्काल कर्मचारीहरूलाई बाहिर निकाल्न र ४५ दिनसम्म प्रसारण बन्द गर्न चेतावनी दिएको अल जजिरासहित अन्तर्राष्ट्रिय अखबारहरूले लेखेका छन्।