२०८१ आश्विन ६ , आइतवार

२५८८.३५ विन्दुमा नेप्से, पाँच अर्बको सेयर कारोबार

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेको छ।यसदिन नेप्से ०.४४ प्रतिशतले बढेर २५८८.३५ विन्दुमा बन्द भएको छ।यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ।

बुधबार पाँच अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन पाँच अर्ब नौ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५७ करोड रूपैयाँ कमी आएको हो।आज ३२५ वटा धितोपत्रको एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच भएको हो।