२०८१ आश्विन ७ , सोमवार

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यहि मिति २०८१ असोज ४ मा भिसा इन्टरनेसलद्वारा “Leadership Conclave Nepal 2024”सम्मेलनको आयोजना भएको थियो । सो आयोजित Leaders’ Conclaveसम्मेलनमा भिसा इन्टरनेसलद्वारा कुमारी बैंक लिमिटेडलाई ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन् क्रस बोर्डर बिजनेस अवार्डहरुले सम्मानित गरिएको छ ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।