२०८१ आश्विन ७ , सोमवार

दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ ।स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् ।

भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।