२०८१ आश्विन ८ , मंगलबार

सहकारीको अनुसन्धान गर्न पोखरा जाँदै सीआईबीको टोली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागिएको हो ।

सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले टेक्निकल सहयोगका लागि टोली पठाउन लागिएको बताए । ‘प्राविधिक सहयोगका लागि कास्की प्रहरीलाई सहयोग गर्ने गरी टोली पठाउन लागिएको हो’ एसपी बोगटीले भने ।यसअघि पनि सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोलीलले सहयोग गरेको थियो ।

सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको थियो ।यो सहकारीबाट बचतकर्ताका १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ अपचलन भएको भेटिएको छ ।