२०८१ आश्विन ८ , मंगलबार

अस्पतालमा बढ्न थाले डेंगी संक्रमणका बिरामी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

डेंगुका बिरामी थपिँदै गएपछि अस्पतालहरू पनि भरिँदै गएका छन् । काठमाडौँमा असोज सुरु भएयता डेंगुका बिरामीको चाप बढ्दै गएको हो ।कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगी संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ।

‘असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भए। जबकी साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगी संक्रमित बिरामी भर्ना भएका थिए,’ उनले भने।